Saturday, February 16, 2013
को प्रधानमन्त्री
मेरो लागि यो कुरा ले
केहि फरक पार्दैन
कि को प्रधानमन्त्री बन्छ
को बाहिरिन्छ
मेरो लागि
यो कुनै नौलो कुरो छैन
तिमे ले भ्रस्टाचार दुराचार दिएर गयेउ
तिमि आयेउ उही महंगी ..बलात्कार को कोसेली लिएर
आखिर मर्ने मा नै त हो
यो महसुस हुदैछ
देस मै सरणार्थी हु म
महंगी को डोरी ले
फासी को तख्ता मा झुन्डिन तयार
आम नेपाली म
के नै आस गर्न सक्छु तिमि बाट
केवल
तिमि महाराज
म दासी ...
नुन किन्न नसकेर मर्ने
अबस्ता मा छट्पटाएको म
मात्र
यहि महसुस भैरहोस
मेरा रगत पसिना ले मोटाएका तिमि
एक गयेउ अर्को आयेउ
मेरा आवाज हिजो नि दबिएको थियो
मेरा आसो हिजो पनि पनि को मुल्य मा बहन्थ्यो
मात्र यत्ति दुख छ
मर्ने बेला मा म मर्ने
सहिद मा तिम्रो नाम लेखिने|
म मरि रहन्छु
तिमि सहिद मा आफ्नो नाम लेखि राख||
Subscribe to:
Posts (Atom)