Sunday, February 17, 2013
तिमि
जिन्दगि
नजिक महसुस हुन्छ
जब तिमि नजिकै हुन्छौ
सास लिन्छु
जब तिमि नजिक हुन्छौ
किन यति टाढा जान्छौ
कि जब बलाउछु ...
आवाज मात्र फर्कन्छ
हात बढाउछु
खाली हत्केलो मात्र फर्कन्छ
हावा संगै आउ न ल तिमि
तिमि देखियेउ या नदेखिय
मेरो आस पास बस
सधै,
ता कि महसुस भैरहोस..
तिम्रो..
तिमि जरुरि छौ ...मेरो लागि
अक्सिजन जस्तै ..|
Saturday, February 16, 2013
को प्रधानमन्त्री
मेरो लागि यो कुरा ले
केहि फरक पार्दैन
कि को प्रधानमन्त्री बन्छ
को बाहिरिन्छ
मेरो लागि
यो कुनै नौलो कुरो छैन
तिमे ले भ्रस्टाचार दुराचार दिएर गयेउ
तिमि आयेउ उही महंगी ..बलात्कार को कोसेली लिएर
आखिर मर्ने मा नै त हो
यो महसुस हुदैछ
देस मै सरणार्थी हु म
महंगी को डोरी ले
फासी को तख्ता मा झुन्डिन तयार
आम नेपाली म
के नै आस गर्न सक्छु तिमि बाट
केवल
तिमि महाराज
म दासी ...
नुन किन्न नसकेर मर्ने
अबस्ता मा छट्पटाएको म
मात्र
यहि महसुस भैरहोस
मेरा रगत पसिना ले मोटाएका तिमि
एक गयेउ अर्को आयेउ
मेरा आवाज हिजो नि दबिएको थियो
मेरा आसो हिजो पनि पनि को मुल्य मा बहन्थ्यो
मात्र यत्ति दुख छ
मर्ने बेला मा म मर्ने
सहिद मा तिम्रो नाम लेखिने|
म मरि रहन्छु
तिमि सहिद मा आफ्नो नाम लेखि राख||
Thursday, February 14, 2013
एक निसान
एक निसान
बडा अचम्म को निसान छ
कति चोटी मेटियो
कति चोटी काटियो
कति चोटी जलाइयो
तै पनि निसान छदैछ
मेटिने नाम नै लिदैन जुन
रगत को प्रबाह नि
जमे झैँ भएको छ तो ठाउमा
उसले कति चोटी चिथोर्यो
आफ्नो मुटुको
त्यो कुनोलाई
तै पनि निसान छ
मानौं मिठो पल को याद झैँ वापस आउछ
उसलाई पनि थाहा भै सकेको छ
उसले निसान लाई आफूबाट अलग गर्नु पर्छ
या त निसान बाट आफु
तै पनि
निसान त रही नै रहन्छ
किनकि कुनै निसान
कहिल्यै मेटिदैनन...||
Subscribe to:
Posts (Atom)