एक निसान
बडा अचम्म को निसान छ
कति चोटी मेटियो
कति चोटी काटियो
कति चोटी जलाइयो
तै पनि निसान छदैछ
मेटिने नाम नै लिदैन जुन
रगत को प्रबाह नि
जमे झैँ भएको छ तो ठाउमा
उसले कति चोटी चिथोर्यो
आफ्नो मुटुको
त्यो कुनोलाई
तै पनि निसान छ
मानौं मिठो पल को याद झैँ वापस आउछ
उसलाई पनि थाहा भै सकेको छ
उसले निसान लाई आफूबाट अलग गर्नु पर्छ
या त निसान बाट आफु
तै पनि
निसान त रही नै रहन्छ
किनकि कुनै निसान
कहिल्यै मेटिदैनन...||
No comments:
Post a Comment